नौ महिनापछि खुल्यो मनकामना मन्दिर र केबुलकार ,पहिलो दिन एक हजार बढीले चढे केबुलकार

नौ महिनापछि खुल्यो मनकामना मन्दिर र केबुलकार ,पहिलो दिन एक हजार बढीले चढे केबुलकार

हीरालाल गुरुङ
कुरिनटार : गोरखाको शहिदलखन गाउँपालिकाको मनकामनामा अवस्थित प्रसिद्ध धार्मिक स्थल मनकामना माइको मन्दिर र मनकामना केबुलकार आजदेखि खुलेको छ ।कोरोना भाइरस ९कोभिड–१९०का कारण चैत्र ८ गतेदेखि बन्द गरिएको मनकामना मन्दिर र केबलुकार नौ महिनापछि खुलेको हो ।
आवश्यक स्वास्थ्य सुरक्षाको मापदण्ड पूर्णरुपमा पालना गर्दै मन्दिरमा पुजा गर्नका लागि खुला गरिएको मनकामना क्षेत्रविकास समितका कार्यकारी निर्देशक लेवेन्द्र गुरुङले जानकारी दिनुभयो । उहाँका अनुसार भौतिक दुरी कायम गरि दर्शनका लागि व्यवस्था गरिएको र दर्शनार्थीहरुलाई मन्दिरभित्र प्रवेश गर्न भने दिइएको छैन ।
गुरुङले भन्नुभयो,“आवश्यक स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर मन्दिर सञ्चालन गरिएको छ, भौतिक दुरी कायम गर्नका साथै मन्दिर भित्र प्रवेश गर्न रोक लगाएको छ ।”उहाँका अनुसार मन्दिरको मुल ढोकासंगै रहेको झ्यालबाट दर्शन तथा प्रसाद चढाउने व्यवस्था मिलाइएको छ ।
यसैबिच मनकामना केबुलकार पनि कोरोना भाइरसबाट बँच्नका लागि पूर्ण रुपमा स्वास्थ्य मापदण्ड पालना गरि सञ्चलान गरिएको मनकामना दर्शन प्रालिका कार्यवाहक नायब महाप्रबन्धक उज्वल शेरचनले जानकारी दिनुभयो । उहाकाँ अनुसार केबुलकारको दुबैै स्टेशनमा यात्रुहरुको ज्वरो मापन गरिने छ भने १०० डिग्री फरेनहाइट भन्दा माथि ज्वरो भएका र रुघाखोकी लक्षण देखिएका यात्रुहरुलाई प्रवेश दिइने छैन ।
साथै केबुलकार सेवा क्षमताको ५० प्रतिशत ९प्रति घण्टा ३३० जना० यात्रुलाई सेवा दिइने र तत्पश्चात् स्वतः प्रवेश बन्द गरिने हुँदा यात्रुहरुले सोही अनुसार आफ्नो यात्रा तय गर्नु पर्ने शेरचनले बताउनुभयो ।
बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म मात्र सञ्चालन गरिने र केबुलकार र परिसरलाई दैनिक रुपमा डिसइन्फेक्सन समेत गरिने मनकामना दर्शन प्रालिले जनाएको छ ।
आज पहिलो दिन एक हजार भन्दा बढी दर्शनार्थीले केबलकार चढेको शेरचनले जानकारी दिनुभयो ।
चितवनको इच्छाकामना गाउँपालिका–४स्थित कुरिनटार (चेरेस)मा प्रवेशद्वार (बटम स्टेशन) रहेको यस केबलकार चढेर गोरखाको शहीद लखन गाउँपालिकामा रहेको प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिर दर्शन गर्न यात्रुहरु जाने गर्छन् ।