नेपालमा थप ७७६ संक्रमित, ९४७ संक्रमणमुक्त, ६ जनाको मृत्यु

नेपालमा थप ७७६ संक्रमित, ९४७ संक्रमणमुक्त, ६ जनाको मृत्यु

काठमाडौं नेपालमा पछिल्लो २४ घण्टामा ७७६ जना कोरोना संक्रमित थपिएका छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ७७६ जना कोरोना संक्रमित थपिएका हुन् ।

योसँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ५१ हजार ६९२ पुगेको छ ।पछिल्लो २४ घण्टामा ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १७४९ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।नेपालमा सक्रिय संक्रमितको संख्या ९ हजार ५८० रहेको छ ।

पछिल्लो २४ घण्टामा ६५८८ जनाको पिसिआर परीक्षण भएको छ ।पछिल्लो २४ घण्टामा ९४७ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

योसँगै संक्रमणमुक्त हुनेको संख्या २ लाख ४० हजार ३६३ पुगेको छ ।