प्रधानमन्त्री ओलीले गरे संसद विघटन गर्न सिफारिस

प्रधानमन्त्री ओलीले गरे संसद विघटन गर्न सिफारिस

काठमाडौं :  प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गर्न सिफारिस गरेका छन् । आइतबार विहान मन्त्रिपरिषद्को आकस्मिक बैठक राखेर उनले यो सिफारिस गरेका हुन् ।यसैबीच सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बालुवाटार पुगेका छन् ।

मन्त्रिपरिषद बैठक चलिरहँदा प्रचण्ड, प्रधानमन्त्री एवं पार्टीका अर्का अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुगेका हुन्।