मौसम : सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकीमा आंशिकदेखि सामान्य बदली, बाँकी क्षेत्रको मौसम सफा

मौसम  : सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकीमा आंशिकदेखि सामान्य बदली, बाँकी क्षेत्रको मौसम सफा

काठमाडौं   :  देशभरको मौसममा प्रभाव पार्ने पश्चिमी वायुको प्रभाव कायमै रहेको छ ।हाल सुदूरपश्चिम र कर्णाली प्रदेशको मौसममा आंशिक बदली रहेको छ ।

दशका बाँकी भू–भागको मौसम सामान्यतया सफा रहेको छ ।आज विहान ६ बजे काठमाडौंको बायुको तापक्रम ४ डिग्री सेल्सियस रहेको छ ।

त्यस्तै आजको अधिकतम तापक्रम १८ डिग्री सेल्सियससम्म पुग्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

आज दिउँसो सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशको मौसममा आंशिकदेखि सामान्य बदली रहने सम्भाव छ ।

देशका बाँकी भू–भागको मौसम सामान्यतया सफा रहने सम्भावना देखिएको छ ।

आज राती सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश रगण्डकी प्रदेशको मौसममा आंशिकदेखि सामान्य बदली रहने सम्भावना देखिएको छ ।

देशका बाँकी भू–भागको मौसम सामान्यतया सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।