प्रदेश १ का मुख्यमन्त्री राइविरुद्ध अविश्वासको प्रस्ताव दर्ता

प्रदेश १ का मुख्यमन्त्री राइविरुद्ध अविश्वासको प्रस्ताव दर्ता

विराटनगर :  प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध आज (आइतबार) अविश्वासको प्रस्ताव दर्ता भएको छ ।

प्रदेशसभा सचिवालयमा विहान दर्ता भएको अविश्वास प्रस्तावमा ३६ सांसदको हस्ताक्षर छ । पछिल्लो समय नेकपाको विवाद प्रदेशस्तरमा पुगेको छ । प्रचण्ड–माधव पक्षले अविश्वसको प्रस्ताव दर्ता गरेको हो ।

यसअघि आजै प्रदेशका एक मन्त्री र दुई राज्यमन्त्रीले राजीनामा दिएका थिए । मुख्यमन्त्री राइले हिजो कानुन मन्त्रीलाई बर्खास्त गरेपछि आज थप तीन जना मन्त्रीले राजीनामा दिएका हुन् ।