घ्याल्चोकको ज्ञानमार्ग माविमा असन्तुष्ट पक्ष द्वारा तालाबन्दी

घ्याल्चोकको ज्ञानमार्ग माविमा असन्तुष्ट पक्ष द्वारा तालाबन्दी

घ्याल्चोक-  गोर्खा जिल्लाकै नमुना विद्यालयको रुपमा परिचित गण्डकी  गाउँपालिका ७ को  ज्ञानमार्ग माध्यमिक विद्यालय ब्यबस्थापन समिती र प्रधानअध्यापकको मिलेमतोमा विद्यालय भित्र अनियमितता गरेको आरोप लगाउदै असन्तुष्ट पक्षले विद्यालय प्रशासन कार्यलयमा तालाबन्दी गरेका छन।                                                                                          विद्यालय प्रशासन भित्र भ्रष्टाचार भएको साथै नाता हेरेर आफ्नो परिवारका लाई विद्यालयमा नियुक्ति दिएको, भौतिक निर्माण कार्य हुदा भ्रष्टाचार भएको, प्रश्न पत्र आउट गरेको लगायत आरोप लगाउदै १६ वटा माग राखेर विद्यालयमा तालाबन्दी गरिएको हो। तालाबन्दीको बारे विद्यालय प्रशासनको आधिकारिक वक्तव्य आउन बाकि  छ।