किसानको पैसा नतिर्ने चिनी मिल सञ्चालक अग्रवाल पक्राउ

किसानको पैसा नतिर्ने चिनी मिल सञ्चालक अग्रवाल पक्राउ

काठमाडौं :  उखु किसानको बक्यौता नतिर्ने लुम्बिनी चिनी मिलका सञ्चालक मनोज अग्रवाल पक्राउ परेका छन् । अग्रवाललाई पर्सा प्रहरीको समन्वयमा अपराध महाशाखाले पक्राउ गरेको हो ।

उखु किसानहरु अघिल्लो वर्ष भएको सम्झौता कार्यान्वयन नभएपछि पुन आन्दोलनका लागि काठमाडौं आएपछि सरकारले बक्यौता नतिर्ने मिल सञ्चालकलाई पक्राउ गर्न पुर्जी जारी गरेको थियो ।

उक्त मिलले करिब १७ करोड बक्यौता रकम किसानलाई तिर्न बाँकी रहेको छ ।