नेपालमा पछिल्लो २४ घण्टामा ५ सय ३४ जनामा कोरोना संक्रमण, थप ९ जनाको मृत्यु

नेपालमा पछिल्लो २४ घण्टामा ५ सय ३४ जनामा कोरोना संक्रमण, थप ९ जनाको मृत्यु

काठमाडौं  : पछिल्लो २४ घण्टामा थप ५ सय ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। ६ हजार पिसिआर परीक्षण गर्दा देशभर ५ सय ३४ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ६० हजार पाँच सय ९३ पुगेको छ ।

बिहीबार देशभर ६ हजार तीन सय ७८ जना सक्रिय संक्रमित रहँदा क्वारेन्टाइनमा रहनेको संख्या तीन सय ६२ छ। पछिल्लो २४ घण्टामा थप ४ सय ४७ जना निको भएसँगै अहिलेसम्म २ लाख ५२ हजार तीन सय ५९ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ ।

बितेको २४ घण्टामा थप ९ जनाको मृत्यु भएको छ। नेपालमा हालसम्म कोरोनाकै कारण मृत्यु हुनेको संख्या १८ सय ५६ जना पुगेको छ।