आजको मौसम

आजको मौसम

काठमाडौं :  देशभरको मौसममा पश्चिमी वायुको सामान्य प्रभाव कायम रहेको छ ।हाल सुदूरपश्चिम प्रदेश लगायत कर्णाली, लुम्बिनी, गण्डकी प्रदेशका पहाडी भू–भागको मौसममा आंशिक बदली रहेको छ । त्यस्तै देशका बाँकी भू–भागको मौसम सामान्यतया सफा रहेको छ।

काठमाडौंको आज बिहानको तापक्रम १।२ डिग्री सेल्सियस मापन गरिएको छ । बिहीबार यो वर्षकै कम ०।८ डिग्रीमा झरेको काठमाडौंको शुक्रबार बिहानको तापक्रम थोरै बढेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आजको न्युनतम तापक्रम ३ डिग्री सेल्सियस रहनेछ भने अधिकतम तापक्रम २० डिग्री सेल्सियस पुग्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

आज दिउँसो प्रदेश १ र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागको मौसममा आंशिक बदली रहने छ ।त्यस्तै देशका बाँकी भू–भागको मौसम सामान्यतया सफा रहने विभागले जनाएको छ।

त्यसैगरी आज राती प्रदेश १, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका पहाडी भू–भागका साथै सुदुरपश्चिम प्रदेशको मौसममा आंशिकदेखि सामान्य बदली रहने सम्भावना छ ।

देशका बाँकी भू–भागको मौसम सामान्यतया सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ।