रिग्दिखोलाको हेपचेक दोभानमा झोलुङ्गे पुल निर्माण, अध्ययक्ष गुरुङद्वारा उद्घाटन

रिग्दिखोलाको हेपचेक दोभानमा झोलुङ्गे  पुल निर्माण, अध्ययक्ष गुरुङद्वारा उद्घाटन

कुरिनटार  :   चितवनको इच्छाकामना २ को रिग्दीखोला स्थित हेपचेक दोभानमा झोलुङ्गे पुल निर्माण सम्पन्न भएको छ । इच्छाकामना गाउँपालिकाको आर्थिक तथा सहभागी नेपाल संस्थाको प्राविधिक सहयोगमा पुल निर्माण कार्य सम्पन्न भएको हो ।
गाउँपालिका अध्यक्ष गीता कुमारी गुरुङले एक कार्यक्रमकाबिच उक्त पुलको उद्घाटन गर्नुभएको हो । अध्यक्ष गुरुङका अनुसार हेपचेक दोभान रिग्दखोला देखि माझखर्क वल्र्याङको उक्त पुल १९ लाख ३८ हजार ९ सय ७५ रुपैयाँमा निर्माण कार्य सम्पन्न भएको हो ।
यस पुलबाट ५ सय १५जना स्थानीय प्रत्यक्ष लाभाविन्त हुने उहाँले बताउनुभयो ।

No description available.
आर्थिक बर्ष ७६/७७ मा तीन वटा पुल निर्माण गरिएकोमा २ वटा निर्माणाधिन अवस्थामा रहेको उहाँले जानकारी दिनुभयो । गाउँपालिका अध्यक्ष गीता कुमारी गुरुङको प्रमुख आतिथ्य, सहभागी नेपाल संस्थाको प्रमुख शालिकराम शर्मा पौडेल र वडाध्यक्ष पञ्च बहादुर चेपाङको विशिष्ट आतिथ्य तथा उपभोक्ता समितिका अध्यक्ष पूर्ण बहादुर गुरुङको सभापतित्वमा उद्घाटन कार्यक्रम सम्पन्न भएको हो ।