माघ १ गते सार्वजनिक बिदा

माघ १ गते सार्वजनिक बिदा

काठमाण्डौं :  सरकारले माघ १ गते माघी पर्वको दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ।
आज आकस्मिक रुपमा बसेको मन्त्रिपरिषद्को बैठकले माघ १ गते माघे संक्रान्तिको दिन सार्वजनिक बिदा दिने निर्णय गरेको प्रधानमन्त्री केपी शर्मा ओलीले जानकारी दिनुभयो ।
राष्ट्रिय सभाको बैठकमा बोल्दै प्रधानमन्त्री ओलीले थारुहरुको विशेष चाडको रुपमा रहेको माघीलाई सम्पूर्ण नेपालीले माघे संक्रान्ति मनाउने गरेको भन्दै उनले सार्वजनिक विदा दिने निर्णय गरेको जानकारी दिनुभयो।