नारायणी कप–२०७७ को उपाधी अल स्टार क्लब आँबुखैरेनीलाई

नारायणी कप–२०७७ को उपाधी अल स्टार क्लब आँबुखैरेनीलाई

चितवन २ माघ । चितवनको नारायणी नदी किनारमा भएको नारायणी कप–२०७७ को उपाधी अल स्टार क्लब आँबुखैरेनी तनहुँले उचाल्न सफल भएको छ । लगातार एक पछि अर्को जित निकाल्दै फाईनलमा प्रवेश गरेको अल स्टार क्लबले आज (शुक्रबार) भएको फाईनल खेलमा भरतपुर फुटबल क्लबलाई २–१ गोल अन्तरले पराजित गर्दै उपाधी आफ्नो कब्जामा पारेको हो । खेलमा अल स्टारका लागी बिमल राना र विश्व अधिकारीले १–१ गोल गरेका थिए । जित सगै अल स्टार क्लबले नगद ४० हजार रुपैया हात पारेको छ, भने उपबिजेता भरतपुर फुटबल क्लबले नगद २० हजार रुपैयामा चित्त बुझाएको छ । जुगेडि फुटबल क्लबलाई हराउँदै अल स्टार क्लब फाईनलमा प्रवेश गरेको थियो । माघे संक्रान्तिको अवसर पारेर नारायणी एकता क्लबले सेभेन ए साइड फुटबल प्रतियोगिताको आयोजना गरेको हो ।