प्रतिनिधि सभा विघटनविरुद्ध इच्छाकामनामा विरोध सभा, नेकपा परित्याग गरि ३३ जना कांग्रेसमा प्रवेश

प्रतिनिधि सभा विघटनविरुद्ध इच्छाकामनामा विरोध सभा, नेकपा परित्याग गरि ३३ जना कांग्रेसमा प्रवेश

मुग्लिन :  चितवनको इच्छाकामना गाउँपालिकामा ३३ जना कांग्रेसमा प्रवेश गरेका छन् । प्रतिनिधिसभा विघटनको विरुद्धमा आज मुग्लिनमा आयोजना गरिएको सभामा नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) परित्याग गरि उनिहरु नेपाली कांग्रेसमा प्रवेश गरेका हुन् ।


वागमती प्रदेश सांसद गीता वाग्ले, मिलनबाबु श्रेष्ठ, गाउँपालिका अध्यक्ष गीताकुमारी गुरुङलगायत कांग्रेसका नेताहरुले सभामा रातो टिका लगाई पार्टीमा प्रवेश गराएका हुन् ।
विरोध सभामा गाउँपालिकाका सातवटै वडाका कार्यकर्ताहरु सहभागी थिए । विभिन्न नारा सहित मुग्लिन बजारमा बृहद् ¥याली समेत निकालिएको थियो ।