गोरखाको मनकामना मन्दिरमा दर्शनार्थीको संख्या बढ्दै, आज चार हजार पाँच सयले चढे केबलकार

गोरखाको मनकामना मन्दिरमा दर्शनार्थीको संख्या बढ्दै, आज चार हजार पाँच सयले चढे केबलकार

मनकामना :  गोरखाको सहिद लखन गाउँपालिका स्थित मनकामनामा अवस्थित प्रसिद्ध धार्मिक स्थल मनकामना मन्दिर दर्शन गर्न आउने दर्शनार्थीहरुको आवागमनमा वृद्धि भएका छन् । कोरोना भाइरस ९कोभिड–१९०का कारण ९ महिना बन्द भएको केबलकार गत मंसिर २८ गतेबाट सञ्चालनमा आएको हो । हरेक दिन मनकामना मन्दिर दर्शन गर्न आउनेहरुको संख्यामा बृद्धि हुदैँ गएको मनकामना मन्दिरका मुल पुजारी इन्सान थापाले बताउनुभयो । उहाँका अनुसार पाँच हजार भन्दा बढी दर्शनार्थीहरुले आज मनकामना मन्दिरको दर्शन गरेका छन् । स्वास्थ्य सुरक्षा मापदण्ड अपनाई मन्दिर दर्शनका लागि खुला गरिएको पुजारी थापाले बताउनुभयो ।

यसैबिच आज मात्र चार हजार भन्दा बढी मनकामना केबलकार चढेर मनकामना मन्दिर दर्शन गर्न पुगेका छन् । मनकामना दर्शन प्रा।लि।का नायब महाप्रबन्धक उज्वल शेरचनले आज एकै दिन चार हजार पाँच सय जनाले केबलकार चढेको बताउनुभयो । उहाँका अनुसार कोरोना महामारीका कारण बन्द भएपछि संचालनमा आएको केबलकारमा ४ हजार पाँच सय चढेको पहिलो पटक हो । सुरक्षा मापदण्डको पूर्ण पालन गर्दै केबलकार सञ्चालन गरिएको छ ।