अध्यक्ष गुरुङद्वारा थाप्राङ खानेपानी तथा सरसफाइ आयोजनाको उद्घाटन

अध्यक्ष गुरुङद्वारा  थाप्राङ खानेपानी तथा सरसफाइ आयोजनाको उद्घाटन

थाप्राङ- इच्छाकामना १ थाप्राङमा -“welt hunger hilfe(whh) “तथा “rural reconstruction nepal(RRN) ” र इच्छाकामना गाउँपालिकाको आयोजनामा “सिमानत्तकृत समुदायमा खानेपानी,सरसफाइ तथा स्व्च्छता प्रबर्द्दन परियोजना” अन्तरगतको “थाप्राङ खानेपानी तथा सरसफाइ आयोजना”को उदघाटनगरिएको छ।                                                                                  आज भन्दा ठिक ४५ दिन अगाडि उद्घाटनको समयनै तोकेर सिलान्यास गरिएको ४५ दिनमै उद्घाटन गरिएको परियोजनाबाट थाप्राङका ७१ घरधुरी लाभान्वित भएकाछन। कार्यक्रमको प्रमुख अतिथी तथा इच्छाकामना गापा अध्यक्ष  गिता कुमारी गुरुङले उद्घाटन गर्नुभएको खानेपानी परियोजनाको बारे बोल्नु हुँदै आफू हरबखत हरक्षण जनता कै सेवामा अनवरत रुपमा खटिरहेको र जनताको निम्ति २४ सै घन्टा आफ्नो मोबाइल स्विच अफ नगरी राखेको पनि जानकारी गराउनु भयो।खरको छाना रहित बस्ती निर्माणको लागि पनि आफू छिट्टै कार्यक्रम लिएर आउने प्रतिबद्दता पनि ब्यक्त गर्नुभयो।त्यसै गरि whh को तर्फबाट आनन्द गौतम सरले समयमा नै काम सम्पन्न गर्न सहयोग गर्नु भएकोमा सम्पूर्ण गाउँ बासी ,उपभोक्ता प्रती आफू आभारी रहेको बताउनु भएको थियो। यस्तै एक अर्को कार्यक्रमका बिच इच्छाकामना गा पा -१ जौतेस ,सातधारा मा निर्माण भएको एक घर एक धारा को निरिक्षण तथा जनता संङ प्रत्यक्ष  दुख सुखको बषयमा साक्षातकार गर्नु भएको छ।उहाले भुकम्प प्रतिरोधी घर निर्माण भएर पनि छाना छाउन बाकी रहेका घर हरु को निरिक्षण गर्दै छिटो घर तयार गरि घर सर्न अनुरोध गर्नु भएको छ।गाउका गरिब दुखी को साथमा सधै आफू रइहेको भन्नु हुदै कुनै पनि समस्या रहे सम्पर्क गर्नुहुन पनि अध्यक्षले अनुरोध गर्नु भयो।

गाँउपालिकाबाट रु. छ लाख ८३ हजार ८६३ , रु. चार लाख ४५,हजार ६३४ जनश्रमदान, whh बाट नेपाल ग्रामिण पुर्ननिर्माण संस्था (आर आर एन) संस्था को रु २०लाख १५हजार ७९१ गरि रु ३१ लाख ४५ हजार २६१ को लगानीमा धारा र खानेपानी ट्याङ्ककी निर्माण गरिएको  हो ।