प्रचण्ड– नेपाल समूहको स्थायी कमिटी बैठक बस्दै , प्रधानमन्त्री ओलीलाई साधारण सदस्यबाट निष्कासित गर्ने तयारी

प्रचण्ड– नेपाल समूहको स्थायी कमिटी बैठक  बस्दै , प्रधानमन्त्री ओलीलाई साधारण सदस्यबाट निष्कासित गर्ने तयारी

काठमाडौं :  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड–माधव समूहको स्थायी कमिटी बैठक आज बस्दैछ । पार्टी कार्यालय पेरिस डाँडामा दिउँसो साढे १२ बजे बैठक बोलाइएको स्थायी कमिटी सदस्य पम्फा भुसालले जानकारी दिइन् ।

बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टीको साधारण सदस्यबाट समेत निष्कासित गर्ने तयारी गरेको छ ।

ओलीलाई यसअघि नेकपा प्रचण्ड–नेपाल समूहले पार्टी हितविपरीत गतिविधि गरेको भन्दै ‘कारवाही किन नगर्ने ? भनि स्पष्टीकरण सोधेको थियो । तर, ओलीले जबाफ दिएनन् ।

यसअघि नै प्रचण्ड–नेपाल समूहले ओलीलाई अध्यक्षबाट हटाउँदै माधव नेपाललाई मनोनयन गरेको थियो ।