आज बिप्लव समूह द्वारा चितवनमा शैक्षिक हड्ताल। पक्राउपरेका कार्यकर्ता रिहाइको माग।

आज बिप्लव समूह द्वारा चितवनमा शैक्षिक हड्ताल। पक्राउपरेका कार्यकर्ता रिहाइको माग।

भरतपुर- प्रतिबन्धित नेकपा विप्लव समूह निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) चितवनले आज  चितवनका शैक्षिक संस्था बन्दको आब्हान गरेको छ । प्रहरीले पक्राउ गरेका जिल्ला सचिवालय सदस्य तथा भरतपुर महानगरपालिका संयोजक सुमन श्रेष्ठ ‘सम्राट’को रिहाइको माग गर्दै बन्द आब्हान गरिएको हो ।

संगठनले आज एक विज्ञप्ती जारी गर्दै श्रेष्ठको रिहाइको माग गर्दै बन्द आब्हान गरिएको जनाएको छ । श्रेष्ठलाई यही ९ गते भरतपुरको सप्तगण्डकी क्याम्पस चोकबाट प्रहरीले पक्राउ गरेको थियो । उनलाई म्याद थप गरी कारवाही प्रकृया अघि बढाएको प्रहरीले जनाएको छ ।