प्रधानमन्त्री आज चितवन आउँदै, नेकपा प्रचण्ड माधव समुहद्वारा नारा र टायर बालेर विरोध

प्रधानमन्त्री आज चितवन आउँदै, नेकपा प्रचण्ड माधव समुहद्वारा नारा र टायर बालेर विरोध

चितवन  : प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष केपी शर्मा ओली आज आउने भएसगैँ चितवनमा बिहानैदेखि विरोध सुरु भएको छ । अनेरास्वीयू चितवन सम्बद्ध विद्यार्थीहरुले कालो विरोध पत्र सडक भरि फाल्दै र टायर बालेर विरोध गरेका हो । नारायणगढ बजारसहित जिल्लाका ठाँउ ठाँउमा शन्तिपूर्ण तवरले कालोपत्रमा नारा सडकमा फाल्दै विरोध गरेका हुन् । उनीहरुले आँपटारी र गोन्द्रगंमा टायर बालेर नाराबाजीसहित विरोधमा उत्रिएका थिए । उनीहरु असंवैधानिक कद खारेज गर, प्रतिगामीहरु होसियार, पार्टी एकता जिन्दावाद लगायतका नारा लेखिएको कालो पत्र सडक भरि फालेका छन् ।

प्रधानमन्त्रीले भरतपुरका महत्वपूर्ण आयोजना सिटी हल र पुल्चोक–गोन्द्राङ सडक विस्तारको शिलान्याससगैँ जनसभा गर्न चितवन आउन लागेका हुन् । जनसभालाई प्रधानमन्त्री ओलीसहित, उपप्रधानमन्त्री इश्वर पोखरेल गृहमन्त्री रामबहादुर थापा, भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङ, शहरी विकासमन्त्री प्रभु साहलगायतका नेतो सम्बोधन गर्ने कार्यक्रम रहेको छ । सो क्रममा विद्यार्थीहरुले प्रतिनिधिसभा विघटन विरुद्ध नारा लेखिएका पर्चापम्पलेट समेत वितरण गरेका छन् । यता प्रधानमन्त्री ओली आउने भएपछि स्थानिय प्रशासनले भरतपुरको विभिन्न चौकमा ठुलो संख्यामा सुरक्षाकर्मी परिचालन गरेको छ । नगरको सुरक्षा व्यवस्था निकै कडा बनाईएको छ ।