मुग्लिनको ग्रीनफिल्ड स्कुल भित्र बिद्यार्थी कुटिएको प्रती नेविसंघ इच्छाकामनाको ध्यानाकर्षण ।

मुग्लिनको ग्रीनफिल्ड स्कुल भित्र बिद्यार्थी कुटिएको प्रती नेविसंघ इच्छाकामनाको ध्यानाकर्षण ।

मुग्लिन, १९ माघ । ग्रिन फिल्ड इङ्लिस बोर्डिङ स्कुल मुग्लिनको परिषर भित्रै विद्यार्थीमाथि कुटपिट भएको भन्दै दोषीलाई कारबाही र विद्यालयमा सुरक्षितका साथ पढ्न पाउने वातावरण बनाउन (नेपाल विद्यार्थी संघ नेविसंघ) इच्छाकामनाले माग गरेको छ । आज विद्यालय प्रशासनमा नेविसंघले ध्यानाकर्षण पत्र बुझाएको हो ।
नेविसंघ इच्छाकामनाका सभापति सनम पन्तले विद्यालयभित्र अनुमती विना बाहिरबाट आएकाहरुले अपशब्द बोली गालीगलौजका साथै कुटपिट हुनु विद्यालय प्रशासनको कमजोरी भएको बताउनुभयो । विद्यालयभित्रै विद्यार्थीहरुले असुरक्षित महशुस गर्न पर्ने अवस्था देखिएकोले नेविसंघले दोषीलाई कारबाही सहित विद्यालय प्रशासनलाई ध्यानाकर्षण पत्र बुझाएको बताउनुभयो।                                                                                          चितवनको इच्छाकामना ५ मुग्लिनमा रहेको ग्रिन फिल्ड इङिलस बोर्डिङ स्कुलमा विद्यालयभित्रै कक्षा सातमा अध्ययनरत छात्र कुटिएका हुन् ।
विद्यालयका प्रिन्सिपल राम थापाले घरमा भएको झगडाको विषयलाई लिएर खाजा खाने समयमा विद्यालय परिषरभित्र प्रवेश गरि एक महिलाले विद्यार्थीमाथि कुटपीट गरेको बताउनुभयो । उहाँले दुबै पक्षबिचको अभिभावकबिच मिलापत्र पनि भइसकेको बताउनुभयो ।