इच्छाकामना गाउपालिका वडा नम्बर चारका अध्यक्षको निधन।

इच्छाकामना गाउपालिका वडा नम्बर चारका अध्यक्षको निधन।

कुरिनटार-  चितवनको इच्छाकामना गाउँपालिका वडानम्बर ४ का वडा अध्यक्ष होमबहादुर रानाको निधन भएको छ।                                                                                      कलेजोमा गम्भिर  समस्यादेखिएकोले नेपालमा उपचार हुन नसकेपछी भारतको गुरुग्राम  हरियाणा स्थित मेदान्द हस्पिटलमा उपचाररत रानाको आज बिहान निधन भएको इच्छाकामना गाउपालिका उपाध्यक्ष तथा नेपाली कांग्रेस इच्छाकामनाका सभापति  कृतिकुमार श्रेष्ठले जानकारी दिनु भएको छ।                                                                                     राना गत स्थानीय निर्वाचनमा इच्छाकामना गाउँपालिका वडा नम्बर ४ मा नेपाली कांग्रेसका तर्फबाट उम्मेद्बार रहि चुनाव जित्नुभएको थियो। सरल स्वभाबका राना लाई स्थानियले एक स्वतन्त्र र सहयोगी वडा अध्यक्षको रुपमा समेत चर्चा गर्ने गर्थे।