माघमसान्त पछि कांग्रेसले ओलि प्रतिगमन विरुद्ध सडक तताउछ – सभापति श्रेष्ठ

माघमसान्त पछि कांग्रेसले ओलि प्रतिगमन विरुद्ध सडक तताउछ – सभापति श्रेष्ठ

कुरिनटार – नेपाली कांग्रेस चितवनका सभापती जितनारायण श्रेष्ठले माघ मसान्त पछि ओलिको प्रतिगमन बिरुद्द कांग्रेसले सडक तताउने बताउनु भएको छ।                                                                                       चितवनको  इच्छाकामना बाट प्रसारण हुने इच्छाकामना एफ. एमको  कार्यक्रम  स्थानिय सरोकारमा आज संवादको क्रममा सभापति श्रेष्ठले कांग्रेस चुनाव सङ नडराएको तर अहिलेको बेला चुनाव उपयुक्त नहुने भएकोले ओलि प्रतिगमन बिरुद्ध आवाज अब सशक्त हुने र त्यस्लाइ कसैले रोक्न नसक्ने दाबी गर्नु भएको हो। संबादको क्रममा उहाले भन्नू भयो।` गत पौष ५ गतेको ओलिको कदम पुर्ण रुपमा असंवैधानिक र अलोकतान्त्रिक हो यस्लाइ अदालतले खारेजी गर्दिनेछ। अदालत बाट वा सडक बाट भएपनी संसद पुनःस्थापन हुन्छ। नेपाली कांग्रेस पार्टीको अधिबेशन लगायत आन्तरिक सामान्य समस्याको कारण सडकमा सशक्त आन्दोलन आएको छैन तर अब माघमसान्त पछि कांग्रेसले  कम्युनिस्ट सरकारको प्रतिगमन बिरुद्ध आन्दोलन सशक्त बनाउछ।´                                                                                     सभापति श्रेष्ठले नेकपा भित्रकै प्रचण्ड-माधब गुटले पनि पहिले ओलिलाई नजर अन्दाज गर्न नसकेको र पहिले स्वार्थको लागि चुनावमा एकता गरि ओलिको गतिबिधीलाई मौन समर्थन गरेर अहिले सडकमा चर्तीकला देखाएको आरोप लगाउनुभएको छ।उहाले अहिले ओलिले पन्चायत कालमा जस्तो सरकारी ढुकुटी खर्च गरेर पन्च र्‍यालीमा जनसहभागिता देखाएपनि ओलिको कदमलाइ जनताले नरुचाएको र अबको चुनावमा कांग्रेस उम्मेद्बार लाई चुनौती दिने अन्य कुनै उम्मेद्बार नहुने दाबी गर्नु भयो । उहाले भन्नू भयो ।` पछिल्लो निर्वाचननै हेर्ने हो भनेपनि चितवनको स्थानिय निकायको मध्यावधि निर्वाचनमा पुर्ण नेकपा लाई धुल चटाएको कांग्रेस लाई अहिले नेकपा फुट्दा खुसी हुन पर्ने अबस्था छैन हामित नेकपा नफुटोस भन्ने पक्षमा छौ।´ उहाले फाल्गुनमा अन्य प्रतिगमन बिरोधी शक्ति हरुसङ सयुंत आन्दोलन हुन सक्ने समेत बताएका छन।