विद्यालयमै ४ वर्षकी बालिका बलात्कृत

विद्यालयमै  ४ वर्षकी बालिका बलात्कृत

गोरखा :  गोरखा नगरपालिकाको एक विद्यालयमा १ कक्षामा पढ्ने ४ वर्षकी बालिका बलात्कृत भएकी छिन् ।गएको माघ २० गते बालिकालाई सोही विद्यालयको ६ कक्षामा पढ्ने १३ वर्षको बालकले बलात्कार गरेको खुलेको हो ।

‘२० गते ४ वजे आसपास ६ कक्षाको १३ वर्षको विद्यार्थीले बोकेर शौचालयमा लगेछ’ विद्यालयका प्रधानाध्यापकले भने, ‘बेलुका बच्चा घर फर्केर आमालाई घटनबारे बताएपछि अभिभावकले विद्यालय प्रशासनलाई जानकारी गराएको हो, भोलीपल्ट एसेम्ब्लीकै लाइनमा बच्चीले फलाना केटो हो भनेर देखाएपछि प्रहरीले बालकलाई नियन्त्रणमा लिएको हो ।’बालिकाको गोरखा अस्पतालमा स्वास्थ्य परिक्षण गरिएको छ, रिपोर्ट भने आइसकेको छैन ।