आँबुखैरेनीमा सवारी हुदाँ एक जनाको मृत्यु, एक घाइते

आँबुखैरेनीमा सवारी  हुदाँ  एक जनाको मृत्यु, एक घाइते

तनहुँ  :  आँबुखैरेनी बजार चोकमा आज बिहान भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने अर्का एकजना घाइते भएका छन् । मध्यनेपाल नगरपालिका ६ लमजुङका १७ वर्षया अन्वेषा पौडेलको मृतयु भएको हो ।
मृतक पौडेल पोखरामा कक्षा १२ मा अध्ययनरत रहेको र आज बिहान चितवनस्थित आफन्तको घरबाट पोखरा फर्कने क्रममा दुर्घटनामा परेको प्रहरीले जनाएको छ। मृतकको शव पोष्टमार्टमको लागि दमौली पठाईएको इलाका प्रहरी कार्यालय आँबुखैरेनीका प्रमुख विकाश थापाले जानकारी दिनुभयो । दुर्घटनामा परि घाइते हुनेमा युवराज घिमिरे रहेको छ।
मुग्लिनबाट पोखरातर्फ जादै गरेको भारतीय नम्बर प्लेट भएको एनएल ०१ एन २९८६ ग्याँस बुलेटलाई ओभरटेक गर्ने क्रममा गोरखाबाट मुग्लिनतर्फ आउदै गरेको ग ३ च २०८४ नंम्बरको निजी कारसँग ना १९ प ९२४ नंम्बरको मोटरसाईकल ठक्कर खादा दुर्घटना भै पछाडि बसेका महिलाको मृत्यु भएको थियो, भने मोटरसाईकल चालक सामान्य घाईते भएको प्रहरीले जनाएको छ ।