चितवनको इच्छाकामनामा भूमिहिन दलित, सुकुम्वासी र अव्यवस्थित बसोबासीको लगत संकलन कार्य सुरु

चितवनको इच्छाकामनामा भूमिहिन दलित, सुकुम्वासी र अव्यवस्थित बसोबासीको लगत संकलन कार्य सुरु

कुुरिनटार :  चितवनको इच्छाकामना गाउँपालिकामा भूमिहिन दलित, सुकुम्वासी र अव्यवस्थित बसोबासीको लगत संकलन कार्य सुरु गरिएको छ ।
बुधबार वडा नम्बर ४ नयाँबस्तीबाट सुरु गरिएको हो । गाउँपालिका उपाध्यक्ष उपाध्यक्ष कृति कुमार श्रेस्ठ वडा न. ४ का कार्यबाहक अध्यक्ष मुक्तीनाथ सिलवाल ,गाउँपालिका प्रवक्ता सावित्री गुरुङ्ग तथा वाड स्तरिय लगत तथा तथ्याङ्क संकलन समितिको उपस्थिती तथा स्थानिय सरोकारवालाहरुको उपस्थितिमा नयाँबस्तीबाट तथ्याङ्क संकलन कार्यको सुरुवात गरिएको लगत संकलन इकाइ इच्छाकामनाका संयोजक हरि देवकोटाले जानकारी दिनुभयो ।