प्रदेश प्रमुख बर्खास्त र नियुक्तिप्रति कांग्रेसको आपत्ती

प्रदेश प्रमुख बर्खास्त र नियुक्तिप्रति कांग्रेसको आपत्ती

काठमाडौं  : प्रमुख प्रतिपक्षी दल नेपाली काग्रेसले प्रदेश २ प्रमुखमा गरिएको नियुक्ति र बर्खास्तीप्रति विरोध जनाएको छ।राष्ट्रपति विद्यादेवी भण्डारीले आज शुक्रबार प्रदेश २ प्रमुखबाट तिलक परियारलाई हटाएर राजेश अहिराज झालाई नियुक्त गरेको थियो। अघिल्लो सरकारको पालामा गरिएको प्रक्रियागत नियुक्तिलाई बदर गरेर सरकारले स्वेच्छाचारी ढंगले नियुक्त गरेको आरोप लगाएको छ।

सरकरले प्रदेश प्रमुखको गरिमा घटाएको र निर्वाचन घोषणा भएको छ भनी दलको विवाद निरुपण नगर्न निर्वाचन आयोगलाई आन्तरिक दबाब दिने सरकार बर्खास्त र नियुक्तितर्फ लाग्नु नैतिक दृष्टिले अत्यन्तै गलत र आजपत्तिजक भएको कांग्रेसले बताएको छ।

आज एक विज्ञप्तिमार्फत कांग्रेसले संसद विघटनपछि कामचलाउ भएको सरकारको यो कदमप्रति विरोध जनाउँदै स्वेच्छाचारी कदम रोक्न सरकारलाई चेतावनी दिइएको बताएको छ।