लागूऔषध सहित दुई जना पक्राउ

लागूऔषध सहित दुई जना  पक्राउ

चितवन : चितवन प्रहरीले जिल्लाको विभिन्न स्थानबाट अवैध लागूऔषध सहित दुई जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएको प्रहरीको विशेष टोलीले गएको फागुन ५ गते बिहान ११ बजे भरतपुर महानगरपालिका वडा नंम्बर १७ स्थित गाँजीपुरबाट लागूऔषध ९खैरो हिरोईन जस्तो देखिने धुलो पदार्थ० २ ग्राम ८७० मिलिग्राम सहित सोही ठाउँ बस्ने बर्ष २७ को धिरज लामा र फागुन ६ गते दिउँसो ३ बजे भरतपुर महानगरपालिका वडा नंम्बर १० ज्ञानदर्शन चोकबाट भरतपुर १७ बस्ने बर्ष ३० का गोबिन्द राउतलाइ अवैध लागूऔषध सहित पक्राउ गरेको हो ।

पक्राउ परेका राउतको साथबाट प्रहरीले लागूऔषध ९खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ९ १ ग्राम ५७ मिलिग्राम बरामद गरिएको छ ।

पक्राउ परेका दुवैलाइ सम्मानित चितवन जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान गर्ने कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रमुख (एसपी)ओम प्रसाद अधिकारीले जानकारी दिनुभयो ।