मुस्लिम नेवा:बेवारिसे शव जनाजा व्यवस्थापन केन्द्र चितवनको घोषणा

मुस्लिम नेवा:बेवारिसे शव जनाजा व्यवस्थापन केन्द्र चितवनको घोषणा

चितवन, ८ फागुन। मुस्लिम नेवा:बेवारिसे शव जनाजा व्यवस्थापन केन्द्र चितवनको आज एक कार्यक्रमका बीच घोषणा भएको छ । कार्यक्रमको अध्यक्षता समेत गरेका साहबुदिन मन्सुरी (सुल्तान ) को अध्यक्षतामा ११ सदस्यीय समिति घोषणा भएको छ । जसको उपाध्यक्षमा सन्तोष श्रेष्ठ, सचिवमा जमुना परियार, सहसचिव विष्णु विश्वकर्मा (रमेश), कोषाध्यक्षमा राम आशिष ठाकुर रहेका छन् । समितिको सदस्यहरूमा राजु टमाटा , माया गुरुङ, शिव गोतामे, रबि घिमिरे सल्लाहकारहरूमा शिव खडगी, नेकमहमद मिया रहेका छन् । मुस्लिम संगठनका केन्द्रीय सदस्य मो सिद्दिकको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो । नवनिर्वाचित अध्यक्ष सुल्तानले मुस्लिम समुदायको वेवारिसे शब दाहसंस्कार सहित दफन (गाड्ने), मलामी नहुनेकोमा मलामीको भुमिका निर्वाह गर्ने बताएका छन्।