राष्ट्रिय फलफूल तथा तरकारी थोक व्यबसायी संघ पोखराको कार्य समितिमा इच्छाकामनाका दुर्गा प्रसाद कडेँल चयन।

राष्ट्रिय फलफूल तथा तरकारी थोक व्यबसायी संघ पोखराको कार्य समितिमा इच्छाकामनाका दुर्गा प्रसाद कडेँल चयन।

पोखरा – चितवनको इच्छाकामना ५ मुग्लिनका दुर्गाप्रसाद कडेँल कृषि बजार पोखराको ब्यवस्थापन समिति सदस्यमा चयन हुनुभएको छ । राष्ट्रिय फलफूल तथा तरकारी थोक व्यबसायी संघले आइतबार दुर्गा प्रसाद कडेँल सहित कमलप्रसाद पौडेल र बिष्णुप्रसाद बास्तोलालाई चयन गरिएको हो ।

कृषि बजार ब्यवस्थापन समितिमा आगामी ३ बर्षे कार्यकालका लागि चयन हुनुभएको हो । कडेँल पोखरामा बसेर व्यबसाय  गर्दे आउनुभएको छ ।