प्रतिनिधिसभा पुन : स्थापनाको खुसियालीमा कुरिनटारमा दीप प्रज्वलन

प्रतिनिधिसभा पुन :  स्थापनाको खुसियालीमा  कुरिनटारमा दीप प्रज्वलन

कुरिनटार, ११ फागुन । प्रतिनिधी सभा विघटन गर्ने सरकारको निर्णय बदर गर्दै १३ दिन भित्रमा संसद पुनःस्थापना गर्न सर्वोच्च अदालतले फैसला गरेको खुसयालीमा चितवनको इच्छाकामना गाउँपालिका ४ कुरिनटारमा दीप प्रज्वलन गरिएको छ। अदालतको फैसलाको खुशीयालीमा नेकपा प्रचण्ड–माधव समूहले कुरिनटारमा अहिले साँझ दिप प्रज्वलन गरिएको हो।

May be an image of one or more people and people standing

नेकपा प्रचण्ड माधव – समूहका नेता प्रताप गुरुङ ,  जुना राजभण्डारी, सावित्रा सिलवाल हरि बहादुर थापा लगायत  स्थानीय  नेता कार्यकर्ताहरुले कुरिनटारमा दीप प्रज्वलन गरिएको थियो। दीप प्रज्वलन कार्यक्रमलाई सम्बोधन गर्दै अदालतले सत्य र न्यायको पक्षमा फैसला गरेको नेकपा चितवनका सचिवालय सदस्य तथा इच्छाकामनाका इन्चार्ज प्रताप गुरुङले बताउनुभयो । आज देशभर दीप प्रज्वलन गरिएको छ । यसैबिच चितवनमा भोलीको हुने भनिएको विरोध सभा विजयी सभाको रुपमा मनाउने भएकाले इच्छाकामनाबासीहरुलाई निर्धारित समयमै भरतपुर जानका लागि जिल्ला सदस्य तथा इच्छाकामनाका सह–इन्चार्ज जुनाराज भण्डारीले आवहान गर्नुभयो ।

May be an image of 2 people, people sitting, people standing and outdoors

May be an image of 3 people, people standing and fire

May be an image of 1 person, fire, food and candle