ओलि पक्ष नेकपा जिल्ला नेतृ तथा न्यायाधीशको पत्नीको स्कुटरमा प्रहरिले भेटायो लागूऔषध।

ओलि पक्ष नेकपा जिल्ला नेतृ तथा न्यायाधीशको पत्नीको स्कुटरमा प्रहरिले भेटायो लागूऔषध।

उच्च अदालत, सुर्खेतका न्यायाधीश मदन पोखरेल पत्नी तथा नेकपा ओलि पक्षकि जिल्ला नेतृको स्कुटरबाट प्रहरीले ब्राउन सुगर बरामद गरेको छ । लागूऔषध बरामद भएसँगै ४२ वर्षीया तुलसालाई प्रहरीले आइतबार दिउँसो तुलसीपुरबाट पक्राउ गरेको छ ।

 

जिल्ला प्रहरी कार्यालय, दाङका अनुसार पक्राउ परेकी तुलसा न्यायाधीशकी कान्छी श्रीमती हुन् ।                                                                                     तुलसीपुर बजारमा रहेको न्यायाधीशको घर अगाडि पार्किङ गरी राखेको उनको रा ५ प ७१४६ नम्बरको स्कुटरको डिकीमा ब्राउन सुगर बरामद भएको प्रहरीले जनाएको छ । ‘२.२२ ग्राम ब्राउन सुगर बरामद भएपछि पक्राउ गरेर ल्याएका छौं’, दाङका डीएसपी मुकुन्द रिजालले अनलाइनखबरसँग भने, ‘हाल उहाँलाई इलाका प्रहरी कार्यालय, तुलसीपुरमा राखिएको छ ।’

इप्रका, तुलसीपुरले भने तुलसाले लागूऔषध आफूले नराखेको प्रारम्भिक बयान दिएको जनाएको छ । तुलसा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहकी जिल्ला सदस्यसमेत हुन् । थप अनुसन्धान भइरहेको भनिएको छ । photo – file