इच्छाकामनाका मुटुरोगी लाई अमेरिकाबाट आर्थिक सहयोग।

इच्छाकामनाका मुटुरोगी लाई अमेरिकाबाट आर्थिक सहयोग।

कुरिनटार-इच्छाकामना गाँउपालिका वडा नं ३ कुरिनघाट(हाल-कालिका न.पा. क्लव चोक)निवासी हिम व.परियारको उपचारको लागि अमेरिकामा रहेका  नेपाली हरुले आर्थिक सहयोग गरेका छन।                                                                                        अचानक मुटुमा समस्या आई भरतपुर अस्पतालमा उपचारकै क्रममा रहेका हिमबहादुर परियारको थप उपचारका लागी सहयोग स्वरुप सहृदयी मनका धनी सामाजिक व्यक्तित्व हाल अमेरिका निवासी ध्रुव घिमिरे तथा राधिका घिमिरेको सक्रियतामा  मनकारि व्यक्तित्वहरु शान्ति-प्रज्ञान उदास, सुमित्रा-दिपक नेपाल रसुमित्रा-सुशान्त महर्जन वाट सहयोग स्वरुप रु ७५०००।(पचहत्तर हजार रुपैया) प्रदान गरिएको थियो।                                                                                       अमेरिकाबाट प्राप्त रकम स्थानिय समाजसेवी दिपक खनालको संयोजन तथा समन्वयमा आज एक कार्यक्रमका विच विरामीको पारिवारिक सदस्य  मैया परियारलाई  हस्तान्तरण गरिएको छ।