धादिङ बिशालटार चन्द्रोदय माविका विद्यार्थीहरुलाई अमानवीय तरिकाले कार्वाही गरेको आरोप।

धादिङ बिशालटार चन्द्रोदय माविका विद्यार्थीहरुलाई  अमानवीय तरिकाले कार्वाही गरेको आरोप।

कुरिनटार-धादिङको बेनिघाट रोराङ ५ बिशालटारमा रहेको चन्द्रोदय माध्यमिक विद्यालयमा अध्यनरत केही छात्र हरुमाथी विद्यालय प्रशासनले अमानवीय ढंगबाट कार्वाही भएको भन्दै अविभावक रुष्ट भएका छन।                                                                                       धादिङको बिशालटारमा लामो समय देखि सन्चालनमा रहेको चन्द्रोदय मा विमा अधयनरत केही विद्यार्थि हरुले अनुशासन बिपरित कपाल पालेको भन्दै विद्यालय प्रशासनले अमानवीय  तरिकाले चारपाटा मुडेर विद्यार्थीलाई घर पठाएको पिडित विद्यार्थीका अभिभावकले आरोप लगाएका छन। इच्छाखबर लाई प्राप्त फोटोमा  कपाल काटिएका केही बिद्यार्थी हरुको कैचिले काटेको टाउकोमा घाउ तथा कुटपिट बाट आंखामासमेत चोट  देखिएको छ।                                                                                           विद्यार्थीमाथी भएको अमानवीय घटनाको बारे जिज्ञासा राख्दा विद्यालयका प्रधानाध्यापक रामेश्वर पोखरेलले विद्यालयलाई लागेको आरोप मिथ्या भएको र त्यस्तो अमानवीय घटना केही नभएको तर बिद्यालयमा अध्यापन गराउने शिक्षक हरुको चरित्र हत्या गर्न केही ब्यक्ती लागिपरेको आरोप लगाउनु भएको छ। उहाको अनुसार पिडित भनिएका विद्यार्थीहरु अहिले विद्यालयमा नियमित अध्यन गरिरहेको जानकारी दिनु भएको छ।