भरतपुरको नयाँ बस्तीमा दुई लाख बढी पुरस्कार राशीको फुटबल प्रतियोगिता हुने

भरतपुरको नयाँ बस्तीमा दुई लाख बढी पुरस्कार राशीको फुटबल प्रतियोगिता हुने

चितवन   : दोश्रो थिङ्गिकिङ मोटरर्स भरतपुर २४ गोल्डकप फुटबल प्रतियोगिता हुने भएको छ । खेलकुद समिति भरतपुर महानगरपालिका २४ चितवनको आयोजनामा सिद्धार्थ मा.विको खेलकुद मैदान नयाँ बस्तीमा फागुन २४ गतेदेखि चैत्र ७ गते सम्म प्रतियोगिता हुने भएको हो ।
‘खेलकुद विकासमा सहकार्य गरौँ भरतपुर २४ लाई खेलकुद कृषि र पर्यटन वडाको रुपमा स्थापित गरौँ ‘भन्ने मुल नाराका साथ हुने प्रतियोगिताको विजेता टिमले दुई लाख दुई हजार २२२ रुपैयाँ र उपविजेताले रु एक लाख एक हजार १११ रुपैयाँ पुरस्कार सहित शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् ।
साथै उत्कृष्ट खेलाडीका लागि माउण्टेन बाइक साईकल शिल्ड मडेल र प्रमाणपत्र, सर्वाधिक गोलकर्ताका लागि रु पाँच हजार नगद सहित शिल्ड प्रमाण पत्र र मेडल , उत्कृष्ट गोलरक्षकका लागि रु पाँच हजार नगद सहित शिल्ड प्रमाण पत्र र मेडलको व्यवस्था गरिएको प्रचार प्रसार मिडिया संयोजक समिर गोदारले जानकारी दिनुभयो ।