शितल गुरुङको आवाजमा रहेको ‘शब्दकोष’ यूटुबमा सार्वजनिक( भिडियो सहित)

शितल गुरुङको आवाजमा रहेको ‘शब्दकोष’ यूटुबमा सार्वजनिक( भिडियो सहित)

कुरिनटार : लोकदोहोरी क्षेत्रमा चिरपरिचत नाम गायक सितल गुरुङको आवाजमा शब्द कोष बोलको लोकदोहोरी गीत यूटुब मार्फत सार्वजनिक गरिएको छ । गोरखाली सर्जक रमेश परियारको उत्कृष्ट लय शब्द रहेको निकै मर्मस्पर्शी गीतमा लोकप्रिय गायक शितल गुरुङ र अमृता नेपालीको सुमधुर आवाज रहेको छ । गीतमा माया प्रेम अनि धोकाको विषयबस्तु समेटेर मनुछुने शब्दहरु र भावनालाई प्रस्तुत गरिएको छ ।

स्मृति तिमिल्सिना गुरुआमाको निर्देशनमा रहेको गीतमा किरण मगर र लोकप्रिय कलाकार सारिका केसीको अभिनय रहेको छ ।
गोरखाको विभिन्न ठाऊहरुमा सुट गरिएको गीतको म्युजिक भिडियोमा निकै फरक फरक दृश्यहरुले भरिएको छ । सुरेश श्रेष्ठले छांयाकन गरेको गीतको म्युजिक भिडियो प्रकाश धमलाले सम्पादन गर्नुभएको छ ।