गोरखा समाज जापान द्वारा पिडीतलाई राहात संकलनगरि हस्तान्तरण ।

गोरखा समाज जापान द्वारा पिडीतलाई राहात संकलनगरि हस्तान्तरण ।

घ्यालचोक-गोरखा समाज जापानका निवर्तमान केन्द्रीय सदस्य धुर्व अधिकारी र सदस्य अश्विन रेग्मीको संयोजकत्वमा  राहात संकलन गरि  नेपालको पीडितलाइ  हस्तान्तरण  गरिएको छ।

गोरखा जिल्ला  गण्डकी गाँऊपालिका वडा नम्बर ८ निवासी हिरा लाल श्रेष्ठ को छोरा बर्ष ३५ का राजेन्द्र श्रेष्ठ विगत १० बर्ष देखि दुवै मृगौलामा समस्या देखा परि नियमित हप्ताको २ पटक डाईलासिस गर्दै आएका थिए कमाऊने ऊमेरमा नै दुवै मृगौलामा समस्या देखिए पश्चात भएको झिटि झाम्टो बेच्दै उपचार गर्दै आएको श्रेष्ठ परिवारमा राजेन्द्र श्रेष्ठको मुटुमा पनि समस्या देखिए पश्चात अर्को बज्रपात थपिएको हो। कमाऊने उमेरमा शारीरिक अवस्था अस्वस्थ भइ श्रेष्ठ त्रिभुवन विश्वविद्यालय चिकित्सा शिक्षा अध्ययन संस्थान मनमोहन कोर्डियोथोरासिक भ्यास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचाररत उनि आफ्नो आर्थिक अवस्था कमजोर भएको र दैनिक उपचार प्रक्रियामा आर्थिक स्रोत जुटाऊन नसकेको व्यहोरा सहित आफ्नो उपचारको लागी आर्थिक सहयोग गरिदिन देश विदेशमा छरिएर रहेका नेपाली र सहयोगीमनहरु लाई हार्दिक अपील गरिरहेका थिए ।

गोरखा समाज जापानले पनि साबिकको गाबिस घ्याल्चोक निवासी गोरखा समाज जापानका निवर्तमान केन्द्रीय सदस्य धुर्व अधिकारी र सदस्य अश्विन रेग्मीको संयोजकत्वमा संन्चालन हुने गरी राजेन्द्र बचाऊ अभियान संन्चालन गरिएको थियो । आज गन्डकी गाउॅपालिका अध्यक्ष होमबादुर राना र वडा अध्यक्ष तुलसी रेग्मी र रामप्रसाद रेग्मी मार्फत नेपाली रूपैया एकलाख छयानब्बे हजार दुइसय सन्ताउन्न   रुपैैैया हस्तान्तरण गरिएको हो।