पत्रकार महासंघको निर्वाचनमा सहमति ,सहकार्य र एकतामा प्रेस सेन्टरको जोड

पत्रकार महासंघको निर्वाचनमा सहमति ,सहकार्य र एकतामा प्रेस सेन्टरको जोड

चितवन,५ चैत । प्रेस सेन्टर चितवनले आसन्न पत्रकार महासंघको निर्वाचनमा सहमति ,सहकार्य र एकतामा जोड दिएको छ। भरतपुरमा आज बिहिवार आयोजित छलफल तथा प्रशिक्षण कार्यक्रममा चैत २५ मा हुने निर्वाचनमा जिल्ला स्थित पत्रकार सम्बद्ध संघसंगठनसँग सहकार्य गरि प्रेस सेन्टरकै नेतृत्वमा अगाडि बढ्न संगठन तयार रहेको निर्णय गरिएको हो।

महासंघको आसन्न निर्वाचनका लागि संगठनका केन्द्रीय कोषाध्यक्ष एवम् चितवन जिल्ला सल्लाहकार सुरेशचन्द्र अधिकारीको नेतृत्वमा समिति समेत तय गरिएको जिल्ला अध्यक्ष प्रकाशमणि ज्ञवालीले जानकारी दिनुभयो । संयोजक अधिकारीले चितवन सधैं नमूना जिल्लाका रुपमा स्थापित रहेकोले यसपटक पनि सबैसँगको एकता नै पहिलो खुड्किलो भएको बताउनुभयो।

 

No description available.

कार्यक्रममा प्रमुख अतिथि भरतपुर महानगरका प्रमुख मेयर रेनु दाहालले चितवन पत्रकारिताको हिसावले अत्यन्तै अनुशाषित र मर्यादित भएको उल्लेख गर्दे सबै मिलेर अगाडि बढ्दा राम्रो सन्देश जाने र पत्रकारका लागि खास काम गर्न सकिनेमा जोड दिनुभयो। पत्रकारका लागि बिभिन्न्न तवरले सहयात्री बन्न आफु र महानगर सधैं तयार रहेको उहाँको भनाइ थियो। प्रचार विभाग प्रमुख आर सी अधिकारीले चितवनका पत्रकारहरु देशमै रोलमोडलमा रुपमा प्रस्तुत गर्न सकिने उल्लेख गर्दै आसन्न निर्वाचनमा पनि एकता कायम गर्न आग्रह गर्नुभयो ।

 

सहभागी पत्रकारहरुले यसपटक प्रेस सेन्टरकै नेतृत्वमा महासंघको नयाँ संरचना बन्नुपर्नेमा जोड दिएका थिए। उनिहरुले प्रेस सेन्टर शशक्त र अनुशाषित र अभिभावकीय भूमिका निर्वाह गर्न सक्ने हैसियतमा रहेकोले पत्रकार सम्बद्ध सबै संगसंगठनहरुलाई एकताको भावना प्रस्तुत गर्न आव्हान गरेका छन्। प्रेस सेन्टर चितवनका अध्यक्ष प्रकाशमणि ज्ञवालीले प्रेस सेन्टर सबै पत्रकारहरुको अभिभावक बन्न सक्ने भन्दै सबैलाई संघसंठनलाई एकताबद्ध हुन आव्हान समेत गर्नुभएको छ।