नेकपा माओवादी केन्द्र इच्छाकामना गाउँ कमिटीको को बिस्तारित बैठक सम्पन्न

नेकपा माओवादी केन्द्र इच्छाकामना गाउँ कमिटीको को बिस्तारित बैठक सम्पन्न

कुरिनटार : नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) इच्छाकामना गाँउ कमिटीको बिस्तारित बैठक सम्पन्न भएको छ । बाग्मती प्रदेश सचिवालय सदस्य तथा प्रदेश सांसद घनश्याम दाहाल अविनासको प्रमुख आतिथ्यतामा शनिबार बैठक सम्पन्न भएको हो ।
बैठकमा प्रत्येक वडा र जनवर्गिय संगठनहरुको प्रतिनिधिहरुले पार्टीको पछिल्लो अवस्थाको बारेमा रिर्पोटिङ गरेका थिए ।


कार्यक्रममा बोल्दै प्रमुख अतिथि बागमती प्रदेश सचिवालय सदस्य घनश्याम दाहाल अविनासले पार्टी र भातृ संगठनलाई चलायमान बनाउन निर्देशन दिनुभयो । इच्छाकामना गाउँ कमिटीका अध्यक्ष हरि थापाको सभापतित्वमा सम्पन्न बैठकमा जिल्ला सचिवालय सदस्य तथा इच्छाकामनाका इन्चार्ज प्रताप गुरुङ, जिल्ला सदस्य सावित्रि सिलवाल लगायतको आतिथ्यता रहेका थिए ।