चितवनमा ढलान गरेर फर्कदै गरेको कामदार सवार ट्याक्टर दुर्घटना ४ जनाको मृत्यु दर्जन बढी घाइते।

चितवनमा ढलान गरेर फर्कदै गरेको कामदार सवार ट्याक्टर दुर्घटना ४ जनाको मृत्यु दर्जन बढी घाइते।

चितवनको राप्तीमा भएको ट्याक्टर दुर्घटनापरि चारजनाको मृत्यु भएको छ ।                                                                                   राप्ती नगरपालिका वडा नम्बर ११ स्थित चिउरी खोलामा आज बेलुका ना १ त ६२८२ नम्बरको ट्याक्टर दुर्घटना भएको हो । वडा नम्बर ११ को वडा कार्यालय भवनको ढलानको काम सकेर फर्कदै गरेका कामदार सवार ट्याक्टर दुर्घटना भएको हो । ट्याक्टरमा सवार २२ जना घाइते भएका थिए । घाइतेहरुको उद्धार गरेर अस्पतालतर्फ पठाएकोमा चारजनाको मृत्यु भएको छ । त्यस्तै एक दर्जनबढी घाइते भएका छन् । घाइतेहरुमध्य धेरैको अवस्था गम्भीर रहेको छ । मृतक तथा घाइतेहरुको विवरण खुलेको छैन ।घाइतेहरुको भरतपुरस्थित पुरानो मेडिकल कलेज र भरतपुर अस्पतालमा उपचार भइरहेको छ ।