कर्णालीमा एमाले ओलि पक्षलाई लज्जाबोध गराइदिने माधव पक्षका चार सांसद। जस्ले पद धरापमा राखेर माओवादी केन्द्रलाइ समर्थन गरे।

कर्णालीमा एमाले ओलि पक्षलाई लज्जाबोध गराइदिने माधव पक्षका चार सांसद। जस्ले पद धरापमा राखेर माओवादी केन्द्रलाइ समर्थन गरे।

नेकपा (एमाले)का चार सांसदले ‘फ्लोरक्रस’ गर्दै कर्णाली प्रदेशमा माओवादी केन्द्रको सरकारलाई जोगाईदिएका छन् । शुक्रबार भएको मतदानमा पार्टी संसदीय दलको ह्वीपलाई उल्लंघन गर्दै उनीहरुले महेन्द्रबहादुर शाही नेतृत्वको सरकारलाई जोगाईदिएका हुन् ।

फ्लोर क्रस गर्दै शाहीको पक्षमा एमालेका सांसदहरु प्रकाश ज्वाला, अमर थापा, कुर्मराज शाही र नन्दसिंह बुढाले मतदान गरेका थिए । शाहीको पक्षमा मतदान गर्ने ४ सांसद एमालेको माधव नेपाल पक्षीय सांसदहरु हुन् ।

जसमध्ये ज्वाला र नन्दसिंह बुढा यसअघि प्रदेशका मन्त्रीसमेत भएका थिए । पार्टीको निर्देशनमा उनीहरु मन्त्रीबाट बाहिरिएका थिए ।
शुक्रबार भएको मतदानमा मुख्यमन्त्री शाहीको पक्षमा २२ सांसद र विपक्षमा १५ सांसदले मत गरेका थिए ।

शाही आबद्ध नेकपा (माओवादी केन्द्र)सँग १२ जना मात्रै सांसद छन् । जहाँ ६ सांसद रहेको नेपाली कांग्रेसले उनलाई घोषित समर्थन गरेको थियो ।