गालि ´कविता´

गालि ´कविता´

कैलाश काेइराला

गाली गर्ने मानिस हरेक कुरामा गालि गर्छ
राम्रो कुरा पनि गालि गर्छ
नराम्रो कुरा पनि गालि गर्छ
ज्यादा ऊ विना कुरामा गालि गर्छ
गालि गर्नु राम्रो कुरा होइन
अज्ञानीले बढी गालि गर्छ
तर, ऊ आफूले आफूलाई बढी ज्ञानी सम्झिन्छ
अनि सोच्दछ भित्तामा गालि लेखेर पुण्य काम गरेको छ
दुनियाँलाई सुधारेको छ
त्यसैले उसले बच्चा, बुढा, जवान
महिला, पुरुष हरेक मानिसलाई गालि गर्छ
उसले पंक्षी र जनावरलाई पनि छोड्दैन
ऊ भुसिया कुकुर जसरी डुलिरहन्छ
खान बाेलाउँछन् कि भनेर ढुकिरहन्छ
नबाेलाए पछि नपुंसक भनेर गाली गर्छ
अनि सडकमा सुतेको भोको कुकुरको
पेटमा लात हानेर हाँस्न थाल्छ
ऊ आफू छक्का जसरी नाच्दै हिँड्दछ
अनि अरूलाई हिजडा भनेर गाली गर्छ
ऊ धरती, दुर्गा, काली
सबलाई गाली गर्छ
विहानको सुरज लाई पनि
साँझको चन्दामालाई पनि
पानी परेको बेला बादललाई
ऊ आसमानमाथि पनि किचड उछाल्छ
फूल फुलेको ठाउँमा
सिर्फ काँडा मात्र देख्छ
अनि मालीलाई गाली गर्छ
ऊ सुगन्धमा दुर्गन्ध ढुँढ्छ
दुर्गन्धलाई सुगन्धित बनाएर पेस गर्दछ
गाली गर्ने मानिस जब सडकमा हिँड्दछ
मानिस आफै पर हटन थाल्दछ
गाली गर्ने एउटा खराब बानी मात्र होइन
एउटा नशा हो
जब त्यो नशाको बिमारी हुन्छ
फेरि कहिल्यै ठिक हुँदैन
गाली गर्ने मानिसकाे यसरी नै
एकदिन गाली गर्दागर्दै मृत्यु हुन्छ
फेरि उसकाे अन्तिम संस्कारको लागि
दुनियाँ भरका सङ्क्रमित आत्मा जागृत हुन्छन्
गाली गर्ने मानिसको मृत्युको जिम्मेवारी
उसका मसिहाहरुले
धरती, सुरज अनि मालीलाई दिन्छन्
उनीहरुको नजरमा गाली गर्ने मानिस
विना न्याय पाएर यस दुनियाँबाट चल्यो
र ऊ बादल, फूल अनि खुसबु बन्यो
फेरि उसको ठाउँमा अर्काे
एक दिन कोही आउँछ
र गालीकाे वर्षा गराउँछ…।।