विज्ञान, विकास र ईश्वर

विज्ञान, विकास र ईश्वर

-कैलाश काेइराल

उपनिषदमा ऋषिहरूले भनेका छन्- “सवै एउटैमा छ र एउटा ईश्वर छ”। यस वाक्यका पहिलो भागमा एकेश्वरवाद आएको छ र आर्कामा बह्म- अद्धैत । “ईश्वर जगत हो, याने शुद्ध (मात्र) आत्मा होईन तर सम्पूर्ण प्राणयुक्त प्रकृति हो”। दार्शनिक मध्येका क्सेनोफेन, ईश्वरलाई साकार मान्छे जस्तो मान्ने कुराका विरुद्ध थिए । उनी बहुदेववादलाई मान्ने पक्षमा पनि थिएनन् । उनि भन्थे ” एउटा महान ईश्वर छ र त्यो माया र चिन्तन दुवैमा मत्यभन्दा भिन्न छ”। संसारमा दुई प्रकारका तत्वहरु छन्: एउटा विज्ञान=( मन) र आर्को भौतिक तत्व ।तर यि मध्ये विज्ञान नै वास्तविक तत्व हो । त्यहि अन्तरनिहित पदार्थ हो : हरेक चिजको रूप र सार अन्त्यमा पुगेर त्यसै तत्व = (विज्ञान )मा आधारित छ। अरू भौतिक तत्व मूल होईन, कार्यःचमत्कार होईन, सुस्तःचेतन होईन, जड: स्वेच्छागति होईन अनिश्चि गतिका शक्तिहरु हुन्। मूल स्वरूप=( विज्ञान ) सक्रिय कारण हो, भौतिक तत्वहरू सहयोगी हून। विश्वलाई नै त्यसैले नियमन र नियन्त्रण गर्दछ।दार्शनिक प्लेटो विज्ञानहरूको उचनिच श्रेणी कायम गर्न चाहान्थे। स्वयं प्लेटो नै सबभन्दा (उच्चतम) विज्ञान ईश्वर विज्ञान मान्दथे। ईश्वर =(विधाता – देमिउर्ग) उच्चतम विज्ञान हो । प्लेटो विधातालाई मूर्तिकारका रुपमा हेर्छन् ।मानव मूर्तिकारले झै विज्ञान जगत् (मानसिक संसार) मा विधाताले भौतिक विश्व बनाऊछ।भौतिक जगत र विज्ञानको जगत यि दुवै संसारहरू पहिलादेखि नै रहेको छन्। ति दुईको सम्बन्ध जोडन अर्थात विज्ञानका रूपमा विधमान मूल स्वरूपहरू भौतिक तत्वहरूलाई गठन गर्ने एउटा अस्तित्वको आवश्यकता थियो । विधाता त्यही अस्तित्व हो । त्यसैले बाह्य र आन्तरिक जगतको सन्धि गराउछ। सम्पूर्ण जगतलाई जोडने विज्ञान अर्थात महाप्रत्यय =(ईश्वर )का सत्ता स्विकार गरेको हुनाले प्लेटो समेत ब्रह्मावादी हुन। उनी भौतिकवादी पटक्कै होइनन्।भौतिक तत्व र त्यसवाट बनेको जगतलाई उनि प्रधान होईन, गौण मान्दछन् ।आर्को दार्शनिक एरिस्टोटल प्लेटोका विधार्थी थिए । एरिस्टोटल प्लेटोका विचारसँग एकदमै असहमत थिए भन्न त सकिदैन किनभने उनी विज्ञान-जगतलाई अस्विकार गर्दैनथे। सोक्रेटसले प्लेटौले झै उनी शिक्षा निम्ति विज्ञान (प्रत्यय) का महत्वलाई पनि मान्दथे तर भौतिक जगतभन्दा भिन्न र एक मात्र प्रधान जगत छ भन्ने कुरालाई भने उनी मान्न तयार थिएनन् ।पाइथागोरस र प्लेटोमा मुलस्वरूप वा विज्ञान (आकृति वा मूल स्वरूप)लाई जोड दिन्थे तर एरिस्टोटल भने दुवैलाई अभिन्न अङ्ग मान्दथे । मुलस्वरूप(विज्ञान) भौतिक तत्वहरूमा उपस्थित हुन्छ ।भौतिक तत्व मूल स्वरूपहरू ति दुवैलाई भिन्नाभिन्नै वुझ्न सकिन्छ तर छुटाउन सकिदैन।जस्तो उदाहरण मा मूर्तिका सङ्गमर्मर भौतिक तत्व हो भने त्यसमा हालिएको जून आकृति छ,त्यस विज्ञान मूर्तिकारका दिमागबाट निस्किएको हो ।आकृति बिनाको कुनै चिज हुदैन;पृथ्वी, जल,अग्नि,वायु पनि आकृति बिनाका छैनन्: ति पनि रूछेता,आद्रता,उष्णता,चिसोपना जस्ता मूलगुणका विभिन्न योगहरूवाट वनेका छन्। शरीरको स्वास्थ्यका सम्बन्धमा समेत भनाइ छ एउटा- “स्वास्थ्य आकृति (लम्बाइ, चौडाई र मोटाइका निश्चित परिमाण)मा भर पर्दछ” । सङ्ख्या-सङेतहरू पनि अनेक बिन्दुहरुलाई जोडेर खास आकृति बनाउने गरि लेखिन्थे। बिन्दुहरुबाट रेखा बन्छन; रेखाबाट तरल, र ठोस पदार्थको निर्माण हुन्छ । अर्थात =बिन्दु, सङ्ख्या नै सबै कूराका जरा हो ।भौतिक तत्व वृद्धि वा विकास हुन सक्ने चिज हो,यद्यपि वृद्धि वा विकास पनि सिमा हुन्छ । ढुंगाका टुक्रा मुर्ति वन्न सक्छ तर बृक्ष वन्न सकदैन। विज्ञान =(मूल स्वरूप ) र हित भौतिक तत्वहरूको विकास प्रत्यय युक्त तत्वहरूको जतिको गहिरो हुँदैन। त्यस विकासका उच्चतम रूप भनेको त्यही हो, जहाँबाट थप विकास गर्ने सम्भावना रहदैन।