अनेमसंघ (क्रान्तिकारी) को अध्यक्षमा सम्झना खड्का सिलवाल, एमाले परित्याग गरि माओवादी केन्द्रमा २१ जना प्रवेश

अनेमसंघ (क्रान्तिकारी) को अध्यक्षमा सम्झना खड्का सिलवाल, एमाले परित्याग गरि माओवादी केन्द्रमा २१ जना प्रवेश

इच्छाकामना :  अखिल नेपाल महिला संघ (क्रान्तिकारी इच्छाकामनाको अध्यक्षमा सम्झना खड्का सिलवाल चयन हुनुभएको हो । चितवनको इच्छाकामना ३ सिद्धार्थ रिर्सोटमा सम्पन्न गाउँपालिका स्तारीय भेलाले सिलवालको अध्यक्षतामा ४१ सदस्यीय नयाँ कार्य समिति चयन गरिएको हो ।

समितिको उपाध्यक्षमा अस्पसरा पौडेल,कल्पना गुरुङ र दमन कुमारी चेपाङ, सचिवमा शुसिला चालिसे र कोषाध्यक्षमा इन्द्रमाया मगर चयन हुनुभएको छ ।

No description available.
नेपाल कम्यूनिष्ट नेकपा बागमती प्रदेश सचिवालय सदस्य तथा वागमती प्रदेश सांसद घनश्याम दाहाल अभिनासको प्रमुख आतिथ्य तथा अखिल नेपाल महिला संघ क्रान्तिकारीका केन्द्रिय सदस्य एवम् चितवनका अध्यक्ष संगिता भट्टराई, जिल्ला सचिवालय सदस्य तथा इच्छाकामनाका इन्चार्ज प्रताप गुरुङको विशिष्ट आतिथ्य र नेकपा माओवादी केन्द्रका जिला सदस्य तथा अखिल नेपाल महिला संघ क्रान्तिकारी इच्छाकामनाका अध्यक्ष सावित्री सिलवालको अध्यक्षतामा विस्तारित भेला सम्पन्न भएको हो ।

No description available.

२१ जना माओवादी केन्द्रमा प्रवेश

यसैबिच नेकपा माओवादी केन्द्रमा २१ जना प्रवेश गरेका छन् । इच्छाका वडा नम्बर ५ खर्पनका २० जना एमाले परित्याग गरि माओवादी केन्द्रमा प्रवेश गरेका हुन् । एमालेका सक्रिय कार्यकर्ता दल बहादुर सिञ्जाली मगर, टक बहादुर पुलामी मगर र चन्द्रमाय पुलामी मगरको नेतृत्वमा माओवादी केन्द्रमा प्रवेश गरेका हुन् । साथै वडा नम्बर ३ का एक बहादुर गुरुङ पनि माओवादी केन्द्रमा आवद्ध हनुभएको छ । नवप्रवेशीहरुलाई प्रमुख अतिथि प्रदेश सांसद घनश्याम दाहाल अभिनास, विशिष्ट अतिथि अखिल नेपाल महिला संघ क्रान्तिकारीका केन्द्रिय सदस्य तथा जिल्ला अध्यक्ष संगिता भट्टराई र माओवादी केन्द्र इच्छाकामनाका इन्चार्ज प्रताप गुरुङले टिका र खादा लगाएर स्वागत गर्नुभएको थियो ।