मुग्लिङमा यात्रु सचेतनाको लागि “तपाइको मास्क खै”? कार्यक्रम ।

मुग्लिङमा यात्रु सचेतनाको लागि “तपाइको मास्क खै”? कार्यक्रम ।

मुग्लिङ-सामुदायिक प्रहरी साझेदारी अभियान अन्तर्गत यहि १४ गते दिउँसो ईच्छाकामना गाउँपालिका वडा नं.५ स्थित ईलाका प्रहरि कार्यलय मुग्लिङ चितवन र ट्राफिक प्रहरी कार्यलय मुग्लिङ चितवनको संयुक्त आयोजनामा मुग्लिङ बजारमा पैदल तथा सवारी साधनमा यात्रा गर्ने यात्रु हरुको लागि ” तपाइको माक्स खै? “कार्यक्रम संचालन गरिएको छ।                                                                                    कोभिड १९को दोश्रो लहरले देश तथा छिमेकी देश अति प्रवाहित हुँदै गैरहेको अवस्थामा यात्रु हरुलाई सचेतनाको लागि कार्यक्रम गरिएको हो। इलाका प्रहरी कार्यलय मुग्लिङका   प्रहरि नाएब  निरीक्षक उद्बब सिंह साँहिको टोलीले  साना तथा ठूला सवारी साधनहरुका चालक/सहचालक र यात्रु तथा पैदल यात्रीहरु समेत गरी १०५ जनालाई हाल विश्वमहामारीको रुपमा फैलिएको  कोभिड-१९ सम्बन्धी सचेतनामूलक“तपाईको मास्क खोई ? ” कार्यक्रम गर्नुका साथै मास्क नलगाएका लाई  ८०/९० थान मास्क समेत वितरण गरीएको थियो।