बाँसपुरका राममाया गुरुङको उपचारका लागि आर्थिक सहयोग जुट्दै, उपचार सुरु

बाँसपुरका राममाया गुरुङको उपचारका लागि आर्थिक सहयोग जुट्दै, उपचार सुरु

चितवन :  इच्छाकामना गाउँपालिका २ बाँसपुरका राम माया गुरुङको उपचार हुने भएको छ । हड्डीको टिबीका कारण कम्मरदेखि तल्लो भाग नचलेका गुरुङको आर्थिक अभावका कारण उपचार हुन सकेको थिएन । विगत एक बर्षदेखी हड्डीको टिबीका कारण थला पर्नुभएकी राम माया गुरुङको समाजसेवी इच्छाकामना ३ सिस्नेरी चौताराका तिर्सना गुरुङको पहलमा उपचार हुने भएको हो ।
उहाँको पहलमा ९८ हजार ८४५ रुपैयाँ सहयोग जुटेपछि रामायालाई उपचारका लागि शुक्रबार थेरापी सेन्टरमा पुन भर्ना गरिएको छ ।
चितवनको रामपुर घर भई हाल लण्डनमा रहनुभएका तेजमान गुरुङले रु ७५ हजार, कास्की नेपाल घर भएका प्ये ल्हु संघ हङकङका अध्यक्ष मान बहादुर गुरुङले रु १० हजार, चितवनको इच्छाकामना ३ स्निेरी चौताराका   प्रकाश गुरुङ हाल दुबैबाट रु १० हजार र लमजुङका भीषम गुरुङले हाल साउदीबाट रु ३ हजार ८४५ सहयोग गर्नुभएको हो । साथै  तेजमान गुरुङले हङकङबाट पठाएको कपडा समेत हस्तान्तरण गरिएको छ ।

No description available.
उक्त रकम शुक्रबार वडा सदस्य बुद्धिमान गुरुङको उपस्थितिमा विरामीलाई हस्तान्तरण गरि उपचारका लागि थेरापी सेन्टर लगिएको हो ।
पुरानो मेडिकल कलेज चितवनमा अपरेशन पछि चिकित्सकको सल्लाह अनुसार थेरापी सेन्टरमा उपचारका लागि भर्ना गरिएपनि आर्थिक अभाव भएपछि घर फिर्ता गरिएको थियो । दुई महिनामा स्वास्थ्यमा सुधार आएपनि आर्थिक अवस्था कमजोरका कारण घर फिर्ता गरिएको उहाँका श्रीमान् याम बहादुर गुरुङले बताउनुभयो ।

No description available.
हड्डीको टिबीका कारण शरिरको कम्मरदेखि तलको भाग चल्न छाडेको एक बर्ष भइसेको छ ।आर्थिक अवस्था निकै कमजोर भएका कारण बिरामीका परिवारले उपचार गर्न सक्ने अवस्था नरहेको वडा सदस्य समेत रहेका स्थानीय बुद्धिमान गुरुङले बताउनुभयो ।
यस अघि पनि तिर्सना गुरुङकै पहलमा उपचारका लागि सिस्नेरी चौतारा लगायत गाउँबाट आर्थिक संकलन गरि सहयोग हस्तान्तरण गरेका थिए । उहाँको उपचारका लागि सहयोग गर्न चाहनेहरुले ९८६५०८०३५४ मा सम्पर्क गर्न सक्नुहुने छ ।

No description available.