कोरोना विरुद्ध पुर्वतयारी इच्छाकामनामा अक्सिजन सहितको ६० बेडको आइसोलेसन कक्ष।

कोरोना विरुद्ध पुर्वतयारी इच्छाकामनामा  अक्सिजन सहितको ६० बेडको आइसोलेसन कक्ष।

कुरिनटार- कोरोनाको दोश्रो लहर व्यापक भएपछी स्थानिय सरकारपनि कोरना सङ लड्न तयारी अबस्थामा बस्न थालेका छन । गत १६ गते राती १२ बजे बाट निषेधाज्ञा लागू भएको चितवनमा भरतपुर महानगर बाहेक सबै स्थानिय तहले बेड सहितको अस्थायी आइसोलेसन कक्ष स्थापना गरेका छन।
इच्छाकामना गाउँपालिकाकाले पनि ६० बेड सहितको आइसोलेेेन तयार पारेेेको जनाएको छ। स्वास्थ्य विभाग प्रमुख बासुदेव सापकोटाले गाउँपालिकामा ६० बेडको आइसोलेशन रहेको बताए । सामुदायिक भवन, सामुदायिक विद्यालय, गाउँपालिका परिसर, सामुदायिक प्रहरी भवन र इच्छाकामना कोरोना अस्थायी अस्पतालमा गरी ६० बेडको आइसोलशन रहेको उनले बताए । हाललाई कोरोना अस्थायी अस्पतालमा १० बेडको सुविधा सम्पन्न आइसोलशन रहेको उनले जनाए । त्यहाँ अक्सिजनसहित अन्य आधारभूत स्वास्थ्य उपकरण र औषधी रहेको  छ। अरु बेडमा पनि अक्सिजनको व्यवस्था गर्दै लगिने उहाले बताउनु भएको छ ।