पाप र पुण्य

पाप र पुण्य

कैलाश काेइराला

पुण्य र पाप, जन्म, पुनर्जन्मको आफ्नै किसिमको बहस हुन सक्छ, यसका परिभाषा सामान्य तथा योगमा अन्तर छ।योग मा पुण्य र पापको परिभाषा त्यो होईन जुन हाम्रो दिमागमा विधामान् छ, दान दिनु सत्कर्म गर्नु मात्र पुण्य होईन, त्याे उसको बाहिरी आचरण हो, पुण्य त उसलाई भनिन्छ जसमा आफुभित्र भयको चिज सकारात्मक रुपमा जाग्रत हुन्छ, यो सब कुरा हामी स्वंय भुलेको हुन्छौ किनकि हामी आफ्नो नाम र पदको पछाडि भाग्न थाल्दछौ अनि पुण्य ह्रास हुन्छ। एक चोटि देवराज इन्द्रलाई धेरै गर्व भएछ पुण्यको प्रतापवाट राजा वनेको हुँ भन्ने, उनको घमण्ड मर्दन गर्नलाई हरिले इन्द्रलाई बैकुण्ठमा बाेलाएछन्। बैकुण्ठको एउटा किनारामा चिडायाहरु हिडिरहेको देखेछन् र सोधेछन् हे भगवान ! तपाईंको लोकमा यि कसरी आए ? भगवान भन्दछन्- जति चिडिया छन् एक काल का यिनिहरु पनि ईन्द्र थिए, जव उनिहरु सुख र पदको पछाडि दौडिए, (सन्चित पुण्य समाप्त भयो) यस प्रकार ईन्दलाई सम्झाउँछन्, ईन्द बुझदैनन् अनि विष्णु भगवानले महर्षि लोमशका पढाईदिन्छन, लोमशको अर्थ हो (जसको शरीरमा धेरै रौ हुनु) ईन्द्र आफु सोध्न गयको प्रश्न भुलेर महर्षिसंग जिज्ञासा राख्दछन् , तपाईंको पुरै शरीरमा रौ छ तर एक स्थान छ जहा रौ छैन किन।कतै घर वनाउनुस, साधना गर्नुस् जीवन सफल हुन्छ, महर्षि- भन्दछन् यो सव गरेर के गर्ने मैले ? चेला चपेटा जम्मा गरेर के गर्ने मैले , मेरो आयु यति छोटो छ कि मैल आफुले आफुलाई यो वन्धन र आशक्ति मा किन पार्नु? त्यसैले मैले घर वनाईन, रह्यो मेरो रौको कुरा जव एउटा ब्रम्हाको मृत्यु हुन्छ मेरो शरीरवाट एउटा रौ झर्छ,जति नै रौ झरेको छ उति नै चोटी ब्रम्हा विष्णु र महेश को मृत्यु भयको छ। ईन्द्र दौडियर भगवानसँग सोध्छन्, यो के हो,भगवान उनलाई सम्झाउँदै भन्दछन् जो आउँछ ऊ जान्छ, हामी पनि मृत्यु हुँदै जन्मिदै हो ,जव त्रिदेव को मृत्यु हून्छ भने यहा कोहि ईन्द्र सुरक्षित छैन, केवल एउटा लोमेश्वर मात्र रहन्छ ,त्यही रौ को आधारमा प्रकृति ले एउटा विधान वनाएको छ “सृष्टि” तब सम्म चलिरहन्छ जवसम्म उसको शरीरमा रौ रहिरहन्छ। महर्षि लोमश नै आफुलाई कम आयु भयको वताउछन्। जव कि उनको आयु नै सबभन्दा बढी छ, सुख र दुखरहित मन व्रम्हा लिन हो।विना वैराग्य समाधि प्राप्त गर्नु हावामा महल वनाउनु सरह हो। यहि सत्य ज्ञानको शिक्षा, शिष्य राजा चण्डकापालि, जनक लाई महर्षिले दिएका थिए, त्यस अवस्था प्राप्त गरेपछि पूनर्जन्म को कल्पना गर्न सकिदैन। तर उपनिषद् का धार्मिक नेताहरुले पुनर्जन्मको कल्पना गरे जुन सामाजिक विषमता भयो भनेर समाजका प्रभु र शासकहरुको वारेमा प्रश्न उढेको थीयो, पुनर्जन्मवाट त्यहि विषमताद्दारा त्यसको समाधान, तो अत्यन्तै चलाखी दिमाग को आविस्कार थियो। वैदिक कालका ॠषिहरु पुनर्जन्ममा विश्वास गर्दैन थिए,अत्यन्त कठोर सामाजिक अन्याय व्यात छ त्यसको समाधान नदेखिने परलोक? ॠग्वेदको नासदिय सूक्त युजर्वेदको अन्तिम अध्यायमा, विश्व भेदशून्य जल थियो, ॠषिहरुले आफ्नो ह्रदयमा खोज्दै अ-सत सत् को योजक सम्बन्धलाई खोज्न सके। त्यो मुल स्रोत जसवाट यो विश्व उत्पन्न भयो (त्यसलाई) उसैले जान्दछ वा जान्दैन जो उच्चतम धौलोकबाट शासन गर्दछ, “जो सर्वदर्शी स्वामी हो” आज नेताहरू उपनिषद्का धार्मिक नेता वनेका छन्, मृत्यु पछि स्वर्ग र पूनर्जन्मको कुरा गरिदिएर आफु वैराग्य भएर राजयोग समाधिमा जानु पर्ने मा,जनतालाई वैराग्य बनाएर आफु चितामा नपुन्जेल सुख भोग गर्नेमा छन्न। यसैमा अत्टन सिक्लेयर भनेको भनाई याद आउँछ, “मानिसलाइ बस अमरत्वमा विश्वास दिलाई दिनुस, त्यससपछि उसको सबै सम्पति लुटुन् उसले केही नगरी यो कामको लागि तपाइलाई सहयोग गर्दछ, धर्मको ठेकदार र सत्ताको स्वामिको गठवन्धनबाट। त्यसैले त मलाई ,बट्रेण्ड रसेलको लजीक ठिक लाग्न थालेका छ, “म स्वर्ग जान चाहान्न त्यहाँ सवै राम्रो मानिस गइसके जसलाई ईश्वरले नै नरकमा पठाउन पर्ने हुन्छ त्यो मानिस गजबमा नै छन् होला जसलाई क्षमा गर्ने त्यो महाकरूणावान सग पनि कुनै उपाय छैन
“उनिहरुको विद्रोह बडा गहिरो छ मर्मस्पर्शी छ” ।।