इच्छा कामना गा.पा लाई चितवन अटो मेकानिकल ब्याबसाय संघ बाट १० वटा सिलिन्डर सहयोग

इच्छा कामना गा.पा लाई चितवन अटो मेकानिकल ब्याबसाय संघ बाट १० वटा सिलिन्डर सहयोग

           इच्छा खबर: चितवन जिल्लाको एक मात्र गा.पा इच्छा कामना गा पा लाई चितवन अटो मेकानिकल ब्याबसाय संघ बाट १० वटा अक्सिजन  सिलिन्डर आपतकालीन अवस्था भर प्रयोग गर्न  चितवन अटो मेकनिकल संघका अध्यक्ष प्रेम पान्डे लगायत का टोली ले गा पा अध्यक्ष गिता कुमारी गुरुङ लाई हस्तान्तरण गरेका छ्न्।          सुगम जिल्ला चितवन भएता पनि पहाडी भुभाग भएको ले ठुला अस्पताल उपचारको लागि भरतपुर, पोखरा कि काठमाडौ नै लैजानुपर्ने बाध्यता एवम् कोरोना कहर को बेला अस्पतालहरु मा अक्सिजन तथा सिलिन्डर अभाव भैरहेको बेला प्राथमिक उपचारको लागि सहजिकरण गर्न  सिलिन्डर सहयोग गर्नुभएको ले सहयोगी दाता लाई गा.पा अध्यक्ष गिता कुमारी गुरुङ धन्यवाद ज्ञापन गर्नु भयो।