बेनीघाट रोराङका अध्यक्ष डल्लाकोटी आफै कोभिड संक्रमितलाई अस्पताल पुर्‍याउँदै

बेनीघाट रोराङका अध्यक्ष डल्लाकोटी आफै कोभिड संक्रमितलाई अस्पताल पुर्‍याउँदै

विशालटार , ३ जेठ ।  धादिङको  बेनीघाट रोराङ गाउँपालिकाका अध्यक्ष पिक्तबहादुर डल्लाकोटीले (हरि) ले कोभिड संक्रमितलाई आफै अस्पताल पुर्‍याउँनुभएको छ । एम्बुलेन्स नपाएपछि आफै पीपीई लगाएर आईतबार बेलुका पालिका प्रमुख डल्लाकोटीले पालिका कै गाडीमा विशालटार स्थित एक कोरोना संक्रमितलाई मलेखु स्थित टिचिङ अस्पताल पुर्‍याउनुभएको हो ।

आइतबार बेलुका ९ बजे कोरोना संक्रमित प्रदिप पौडेलको स्वास प्रस्वासमा गम्भीर समस्या आएको र बेनीघाट रोराङमा १० वटा एम्बुलेन्स भएता पनि बेनीघाट विशालटार आसपासका एम्बुलेन्स विरामी ओसार पसारमा व्यस्त भएको अन्यत्रबाट एम्बुलेन्स तत्काल बोलाउन नसकिने जानकारी आएपछि पालिका अध्यक्ष डल्लाकोटीले संक्रमितलाई पालिकाको गाडीमा अस्पताल सम्म पुर्‍याउनुभएको थियो ।
यस अघि नै अध्यक्ष डल्लाकोटीले आफु चढ्ने सरकारी गाडी कोरोनाको विरामीलाई अस्पताल सम्म लैजान एम्बुलेन्सको रुपमा प्रयोग गर्ने घोषणा गर्नुभएको थियो ।