मानव सेवाको पर्याय “जन्मदिन कोष”ईच्छाकामना

मानव सेवाको पर्याय  “जन्मदिन कोष”ईच्छाकामना

कुरिनटार :  केही महिना अघि मात्र स्थापना गरिएको जन्मदिन कोष ईच्छाकामना गरिव दुखीहरुको साहरा बन्दै आएका छन् । जहाँ आपत् विपत् परेको छ त्याहाँ सबै भन्दा अगाडी पुग्ने गरेको छ “जन्मदिनकोष ईच्छाकामना ।”

यस अघि हावाहुरीका कारण विचल्ली परेको तीन परिवारलाई आर्थिक सहयोग गरेको जन्मदिनकोषले आज पनि एक चेपाङ परिवारलाई सहयोग गरेका छन् ।घरमुलीको मृत्युभएपछि विचल्लीमा परेका चितवनको इच्छाकामना ३ धुषाकाचन्द्र बहादुर चेपाङको परिवारलाई ९० किलो चामल तेल ।१ पोका नुन ।१ प्याकेट , आलु। ३ किलो सोयाविन। २ प्याकेट दाल १ किलो सहयोग गरेका हुन् । वडाध्यक्ष गोवर्धन अधिकारीको उपस्थितिमा सहयोग गरेका हुन् ।
दैनिक ज्यालादारी गरेर परिवार पाल्दै आएका चितवनको इच्छाकामना ३ धुषाका चन्द्र बहादुर चेपाङको मृत्यु भएपछि परिवार विचल्लीमा परेका हुन् । केही दिन अघि नै लडेर विरामी परेका चेपाङको जेठ ३ गते मृत्यु भएको हो । लडेर चोटपटक लागेपछि उपचार पश्चात घरमा आराम गरिरहेका उनको मृत्यु भएको हो।
स्थानीयका अनुसार उनको घरमा खाद्यान्न नभएपछि दैनिक विहान बेलुका छाक टार्न समेत मुश्किल छन् । लकडाउनसंगै दैनिक ज्याला दारी समेत गर्न नपाएपछि उनको परिवारले जाउलोको भरमा छाक टार्दै आएका थिए । अहिले घरमुलीको चन्द्र बहादुरकै मृत्यु भएपछि परिवार विचल्लीमा परेका छन् । उनको श्रीमती चार छोरा गरि पाँच जनाको परिवार छन् ।
इच्छाकामना गाउँपालिका भित्रका दुःख पीडामा परेका असहाय विपन्न, महिला, बालबालिकाको शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा सहयोग गर्ने गरि स्थापना गरिएको यस‘ “जन्मदिन कोष ईचछाकामाा”मानव सेवाको पर्याय बनेका छन् ।
दुख पीडामा परेका असहाय विपन्नहरु सम्म सहयोग पुग्ने गरेकाले जन्म दिनकोष ईच्छाकामनामा सहयोग गर्नेहरु पनि बढ्दै गइरहेको कोषका अध्यक्ष प्रताप गुरुङ बताउनुहुन्छ । इच्छाकामना गाउँपालिका भित्रका दुःख पीडामा परेका असहाय विपन्न, महिला, बालबालिकाको शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा जन्मदिन कोषले सहयोग गरिरहेको गुरुङले बताउनुभयो ।
जन्मदिनको अवसरमा फजुल खर्च गर्न भन्दा जन्मदिनकोषमा सहयोग गर्नु नै मानव धर्म हुने भन्दै सहयोग गर्नेहरु बढेका हुन् । यस जन्मदिन कोषमा सहयोग गर्नु नै दुख पीडामा परेका असाह्य विपन्नहरुलाई सहयो