सम्पूर्ण स्वास्थ्य कर्मीहरुप्रती समर्पित

सम्पूर्ण स्वास्थ्य कर्मीहरुप्रती समर्पित

सेवामा नै तनमन सबै छैन भेदभाव
असिमित कर्तब्य पुरा गर्ने कस्तो राम्रो स्वभाव ।

खाने, बोल्ने फुर्सद हुन्न बिरामीलाई बचाउन
आँफै कमजोर बनिकन खटी राख्ने रातौ दिन ।।

निस्वार्थपन, नरम बोली अनी दयालु मन
सुपरिचित संसारमा नै स्थान नम्बर वान ।।।

महान अनी रियल हिरो सबै स्वास्थ्य कर्मी
ब्यक्तिगत जीवन हुन्न कहील्यै सधैं सेवा गर्नी ।।।।

उच्च जोखिम मोलिकन सेवा दिन सक्ने
बिरामीको दर्द देख्दा भावुक भई आँशु झार्ने ।।।।

पि. पि. ई. र मास्कको वाफले थकित, शिथिल पुरै शरीर
आफ्नो वास्ता रति छैन बिरामीकै पिर ।।।।।।

त्यसैले त स्वास्थ्य कर्मी अर्को रुप भगवानको
समान ब्यवहार तल्लिन सधैं सन्चो पार्न बिरामीको ।।।।।।

तिलान्जली आफ्नै दिई नयाँ जीवन दिने बिरामीलाई
धन्यवाद छ सेवामा समर्पित सम्पूर्ण स्वास्थ्य कर्मीहरुलाई ।।।।।।                                                                                                   सावित्री गुरुङ
इच्छाकामना गा.पा प्रबक्ता